KhabarUjyalo

‘खातेपातेलाई पिट्ने मेरो बानी छैन, ठूलो–ठूलो मान्छेलाई पिट्ने गरेको छु’ : मन्त्री मनाङ्गे

२४ चैत्र २०७८, बिहीबार
‘खातेपातेलाई पिट्ने मेरो बानी छैन, ठूलो–ठूलो मान्छेलाई पिट्ने गरेको छु’ : मन्त्री मनाङ्गे

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे (राजिव गुरुङ)ले आफ्नै कर्मचारी कुटे । मन्त्री गुरुङले मंगलबार शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् ।  रकम वितरण गर्दा पनि तीन लाख पाउने व्यक्तिसँग एक लाख आफूले लिने रहेछ । हाम्रा मान्छेले नै आएर गुनासो गरेपछि बोलाएर सम्झाएको हुँ, कुटेको होइन ।

यस्ता खातेपातेलाई पिट्ने मेरो बानी छैन, अलि ठूलो–ठूलो मान्छेलाई नै पिट्ने गरेको छु । पाउनुपर्ने व्यक्तिले रकम नपाउँदा त्यस चोरलाई आफैँ पाप लाग्छ । कार्यविधि भनेको धेरै गोप्य हुन्छ, मन्त्री र सचिव मिलेर बनाउने हो । कार्यविधि तयार गर्दाका सचिव हाल सरुवा भएर अर्कै प्रदेशमा गइसकेका छन् ।

कार्यविधि बिगारेर रकमसमेत लिएका कारण आफैँ फस्ने देखेपछि मलाई पिट्यो भन्ने आरोप लगाएको छ । मैले योङ केटाको करिअर नबिगारौँ भनेर केही नगरेको हो । आयोग गठन गर्छु, उसले पैसा मागेका मान्छेहरू आएर बयान दिन्छन् । अनि मुद्दा हालेपछि त्यो जेल जान्छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo