KhabarUjyalo

सुदूरपश्चिम प्रदेशको सरकारमा नेपाली कांग्रेस सहभागी हुँदै

२३ चैत्र २०७८, बुधबार
सुदूरपश्चिम प्रदेशको सरकारमा नेपाली कांग्रेस सहभागी हुँदै

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराउने तयारी भएको छ । मंगलबार बसेको गठबन्धन बैठकमा कांग्रसलाई सरकारमा सहभागी गराउनेबारे सहमति भएको हो ।

कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरका अनुसार केही दिनमै कांग्रेस सरकारमा सहभागी हुनेछ । उनले मन्त्रालयको विषय टुंगो लाग्नेवित्तिकै सरकारमा सहभागी हुने बताए ।

स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुनुअघि नै सरकारमा सहभागी हुने गरी गृहकार्य भइरहेको उनको भनाइ छ । यही चैत २५ गतेबाट निर्वाचन आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै सरकारमा कांग्रेस सरकारमा सहभागी हुने बुझिएको छ ।

सरकारमा सहभागी गराएमात्र सुदूरपश्चिममा गठबन्धन गर्ने कांग्रेसले अडान लिँदै आएको छ । कांग्रेस सुदूरपश्चिम प्रदेशको उक्त अडानका कारण सरकारमा सहभागी गराउनुपर्ने बाध्यता माओवादी र एकीकृत समाजवादीलाई परेको हो ।

सुदूरपश्चिम प्रदेशमा बुधबार बिहान पनि प्रदेशस्तरीय गठबन्धनको बैठक बसेको थियो । आजको बैठकमा चुनावी तालमेलबारे छलफल केन्द्रित भएपनि अब सरकारमा कांग्रेसको सहभागिताबारे छलफल मात्र छलफल भएको थियो ।

सत्ताको नेतृत्व नेकपा माओवादीले गरेपनि कांग्रेस सरकारमा सहभागी हुँदा नेकपा एकीकृत समाजवादीले मन्त्री फिर्ता बेलाउनुपर्ने अवस्था रहेको छ । अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन् ।

अब सुदूरपश्चिममा एकीकृत समाजवादीलाई ४, माओवादी र कांग्रेसलाई २–२ वटा मन्त्रालय राखेर जान सकिने कांग्रेसले प्रस्ताव गरेको छ भने माओवादी र कांग्रेसले १–१ राज्यमन्त्री मिलाएर जाऊ भनेर प्रस्ताव राखेको बलायरले बताएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo