काठमाडौ : स्थानीय तहको चुनाव नजिकिए सङ्गै नेताहरुको दौडधुपलाई तिब्रता दिएका छ । दौडधुपकै क्रममा नेताहरु एअरपोर्टमा जम्का भेट हुने गरेका छ,।
सोमबार बिहान पनि माओवादी केन्द्रका नेता वर्षमान पुन, जसपा अध्यक्ष बाबुराम भट्टराई र राप्रपा नेतृ रेखा थापाको भैरहवा जाने क्रममा एयरपोर्टमा जम्काभेट भएको छ ।
फेसबुकमा बाबुराम भट्टराईले फोटोपोस्ट गर्दै लेखेका छन्
“एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू बर्षमान पुन र रेखा थापासॅग !
‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो!”

