KhabarUjyalo

मोदीसामु प्रधानमन्त्री देउवाले उठाए सीमा विवादको मुद्दा

१९ चैत्र २०७८, शनिबार
मोदीसामु प्रधानमन्त्री देउवाले उठाए सीमा विवादको मुद्दा

नयाँदिल्ली — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल-भारतबीचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई भनेको उल्लेख गरेका छन् ।

हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने,‘हामी (देउवा र मोदी) ले सीमा विषयका बारेमा छलफल गर्‍यौं । र, मैले मोदीजीलाई यो विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेका छौँ ।’

यस्तै बहुचर्चित पञ्चेश्वर परियोजनालाई समेत तीव्र गतिमा अगाडि बढाउने भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । उक्त परियोजना सम्पन्न भएमा नेपालको विकासका लागि समेत ‘गेम चेन्जर’ हुने मोदीको भनाइ थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo