Khabar Ujyalo

राष्ट्रपति भण्डारीसँग भेटेर शितल निवासबाट फर्किए प्रधानमन्त्री ओली

२० फाल्गुन २०७७, बिहीबार
राष्ट्रपति भण्डारीसँग भेटेर शितल निवासबाट फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

आइतबारको संसद बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टीको दाहाल-नेपाल समूहले नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वासको प्रस्तावको तयारी गरिरहेका बेला प्रधानमन्त्री ओली राजीनामाको दबाबमा छन्।

प्रधानमन्त्री ओलीले आफ्नो सम्भावित बहिर्गमनबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुरा गरेको बुझिएको छ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.