KhabarUjyalo

कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर र प्रहरीविच भिडन्त,गोलि लागि १ जनाको ज्यान गयो

२० फाल्गुन २०७७, बिहीबार
कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर र प्रहरीविच भिडन्त,गोलि लागि १ जनाको ज्यान गयो

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समुह र प्रहरीविच भिडन्त भएको छ । लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच बेलौरी नगरपालिका ७ टेडुवा सीमा क्षेत्रमा भिडन्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले भारतीय तस्करबाट नेपालमा लागु औषध ल्याउन लागेको सूचना आएपछि त्यसतर्फ नेपाल प्रहरीको टोली परिचालन भएको बताए । भिडन्त गोलि लाग्दा भारतीय तस्करको ज्यान गएको छ । नेपाल प्रहरी तर्फ एक जना समेत घाईते भएको प्रवक्ता थापाले बताए ।

प्रहरीले घटना स्थलबाट प्रहरीले लागु औषध सहित नक्कली नोट बनाउने मेसिन समेत बरामद गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo