Khabar Ujyalo

नेविसंघको अनसनमा पुगेर माधवकुमारले गरे ऐक्यवद्धता

२० फाल्गुन २०७७, बिहीबार
नेविसंघको अनसनमा पुगेर माधवकुमारले गरे ऐक्यवद्धता

काठमाडौ : नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपतिको कार्यालयमा गरिरहेको अनसनमा नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले ऐक्यवद्धता जनाएका छन्।

बिहीबार दिउँसो अनसनस्थल पुगेका नेपालले अनशनमा ऐक्यवद्धता जनाउँदै मागहरूप्रति आफ्नो समर्थन रहेको बताएका छन्।

नेविसंघले एक महिनादेखि उपकुलपति कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, कोभिड-१९ को कारणले लामो समयपछि भएको परीक्षा र त्रिविको नजिता प्रकाशनमा हुने ढिलासुस्तीले विद्यार्थीहरुको शैक्षिक सत्र गुम्ने अवस्था भएकोले परीक्षा भएको एक महिनाभित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नुपर्नेलगायत त्रिविको क्यालेन्डर अनुसारको नयाँ भर्ना प्रक्रिया सुचारु गर्न पनि उनीहरूले माग राखेका छन्। यस्तै नेविसंघ त्रिवि समिति र त्रिविबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्नसमेत उनीहरूले माग गर्दै अनशनमा बस्दै आएका छन्।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.