KhabarUjyalo

वनमन्त्रीका वनका कुरा : मानिसले कार्बनडाइक्साइ लिन्छ,अक्सिजन फाल्छ

२० फाल्गुन २०७७, बिहीबार
वनमन्त्रीका वनका कुरा : मानिसले कार्बनडाइक्साइ लिन्छ,अक्सिजन फाल्छ

धनगढी : वन तथा वातावरण मन्त्री प्रेम आले मगर एक कार्यक्रममा बोलेका दुई अभिव्यक्ति अहिले सामाजिक संजालमा भईरहेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को कार्यक्रमलाई सम्बोधनमा क्रममा उनले मानिसले अक्सिजन दिन्छ, रुखले अक्सिजन लिन्छ र सरकारमा आफै मन्त्रीसमेत रहेका आलेले सरकार जनताप्रति उत्तरदायी नभएको बताए।

उनले भने, “यो जनताको सरकार हो । यो सरकार जनताप्रति उत्तरदायी सरकार हो भन्‍ने लाग्छ भने, त्यो तपाईंको ठूलो भूल हो ।” यसमा त उनको जिब्रो चिप्लिए होला तर त्यही कार्यक्रममा उनले भने मानिसहरुले अक्सिजन फाल्ने र बोटविरुवाहरुले कार्बनडाइक्साइड फाल्नेसमेत बताए। “जुन रुखबाट हामी कार्बनडाइक्साइ पाउँछौं । जुन रुखलाई हामी अक्सिजन दिन्छौं । त्यही रुख यदि रहेन भने के हुन्छ हालत ?”

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo