Khabar Ujyalo

महेन्द्रनगरमा रहेको मझगाउँ विमानस्थल निर्माणका लागि बोलपत्र आह्वान

१९ फाल्गुन २०७७, बुधबार
महेन्द्रनगरमा रहेको मझगाउँ विमानस्थल निर्माणका लागि बोलपत्र आह्वान

कञ्चनपुरको महेन्द्रनगरमा रहेको ५० बर्ष भन्दा पहिला निर्माण गरिएको मझगाउँ विमानस्थल अब सञ्चालनमा आउने आशा पलाउदै गएको छ । गौचरणमा परिणत भएको कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणका लागि बोलपत्र आह्वान भएसँगै स्थानीय खुसी भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द अवस्थामा रहेका मुलुकका विभिन्न विमानस्थल पुनः निर्माण गरेर सञ्चालन गर्ने योजना अनुसार बोलपत्र आह्वान गरेपछि हवाई सेवा प्राप्त गर्न पाउने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

द्धन्द्धकालमा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको मझगाउ विमानस्थल लामो समयदेखि गौचरणका रुपमा प्रयोग हुँदै आएको छ । उक्त विमानस्थल सञ्चालन गर्नका लागि स्थानीय स्तरबाट व्यापक पहल गरिएपछि नागरिक उड्डयन प्राधिकरणले पुनः सञ्चालनका लागि बोलपत्र आह्वान गरेको छ ।

गत फागुन ३ गते उक्त विमानस्थल निर्माणका लागि काठमाण्डौंमा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौता अनुसार मझगाउँ एयरपोर्ट निर्माणमा मन्त्रालयले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत लगानी गर्ने छन् । 

महेन्द्रनगर एयरपोर्ट को १ हजार ६ सय ८५ मिटर कालो पत्रे सुरु गर्न सम्झौतामा हस्ताक्षर भएको हो । १२ सय मिटर रनवे लाई १ हजार ६ सय ८५ मिटरसम्म विस्तार गरि रनवेलाई तार बार समेत लगाइएको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.