काठमाडौं, २० फागुन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी काँधमा आए नभाग्ने बताएका छन् ।
बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए नभागिने बताएका हुन् । उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन तर टाउकोमा आयो भने भाग्ने पनि छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’
सभापति देउवाले काँधमा जिम्मेवारी आए पूरा गरेरै छाड्ने बताएका छन् । साथै, आफूले कसैसँग प्रधानमन्त्री पद नमागेको र प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने देउवाको भनाइ छ।
यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेललाई सानो चित्त नगर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्नुहोला ।’