Khabar Ujyalo

कांग्रेसका नेता तारामान बिरामीको उद्धार गर्न आफैँ गाउँगाउँ पुग्छन्

१९ फाल्गुन २०७७, बुधबार
कांग्रेसका नेता तारामान बिरामीको उद्धार गर्न आफैँ गाउँगाउँ पुग्छन्

काठमाडौंसहित देशका अन्य भागमा तारामान गुरुङलाई कांग्रेसको नेता, पूर्वस्वास्थ्य राज्यमन्त्रीका रूपमा चिन्ने धेरै छन् । उनले संविधानसभा निर्वाचन–०७० मा संखुवासभा निर्वाचन क्षेत्र नम्बर १ मा विजय हासिल गरेका थिए ।

यस्तै ०७३ मा गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनी स्वास्थ्य राज्यमन्त्री बनेका थिए । तर, पूर्वी पहाडी जिल्ला संखुवासभाको दुर्गम क्षेत्रमा भने उनी राजनीतिकर्मी भन्दा पनि ‘हेलिकोप्टरबाजे’का रूपमा परिचित छन् । 

संखुवासभामा यातायात र स्वास्थ्य उपचार सेवाको अवस्था निकै नै कमजोर छ । आकस्मिक रूपमा कोही बिरामी परे जिल्ला सदरमुकामस्थित अस्पताल ल्याउनसमेत कम्तीमा एक साता लाग्छ । कति बिरामीको त उपचार नै नपाई मृत्युसमेत हुने गरेको छ ।

तर, कोही व्यक्ति बिरामी परेको खबर पाए हेलिकोप्टरबाजे अर्थात् तारामान गुरुङ हेलिकोप्टर लिएर गाउँमा पुगिहाल्छन् । संखुवासभाको मकालु गाउँपालिका–२ मा जन्मिएका गुरुङ यस क्षेत्रका बिरामीका आफन्तको सारथि बनेका छन् । उनी हरेक महिनाजसो बिरामी र घाइतेको उद्धार गर्न जिल्ला पुगेकै हुन्छन् । 

आर्थिक अवस्था दरिलो नभए पनि उनलाई ग्रामीण भेगका बासिन्दाले गाह्रोसाह्रोमा खुबै सम्झने गर्छन् । उनी पनि स्थानीयले सम्झिएलगत्तै सहयोग गर्न हेलिकोप्टर लिएर सकेसम्म आफैँ बिरामीको गाउँसम्म पुग्छन् । गोजीमा धेरथोर रकम भएको समयमा अस्पतालको खर्चसमेत बेहोरिदिन्छन् । कांग्रेसबाट राजनीति गरेको भए पनि ग्रामीण भेगका बासिन्दालाई यो दल त्यो दलको राजनीतिसँग मतलब छैन । उनी कांग्रेसबाट चारपटक जिल्ला सभापति पनि बनिसकेका छन् । नयाँ पत्रीका

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.