धनगढी : कंचनपुर बेल्डाँडी २ का धर्मराज जोशी १० बर्ष कोरियामा काम गरेर २ महिना अघि स्वदेश फर्किए । १० बर्ष अघि मन्युपेक्चरमा कोरिया गएका उनी कोरियाबाट फर्केपछि स्वेदेशमा अब केहि काम गर्ने भनेर सोच बनाए । सोच्दै जादा स्वदेशमा नयाँ ब्यबसाय वालपेपर र होम डेकोरको ब्यबसाय गर्ने निधो गरे । त्यसै अनुसार उनले कोरियामा वालपेपर कम्पनीमा गएर बुझे र वालपेपर तथा होम डेकोरसम्बन्धि तालिम लिए। सुदूरपश्चिम समाज कोरियाका पुर्व अध्यक्ष तथा एनआरएनका केन्द्रिय सदस्यसमेत रहेका जोशी बिदेशमा कमाएको रकम स्वदेशमा नयाँ केही न केही काम गर्नु पर्छ भन्ने सोच थियो । धेरै युवा कोरियामा राम्रो कमाई गरिसके पछि स्वदेशमा आएर त्यतिकै बसेको खबर सुन्दा उनलाई नराम्रो लाग्थो । त्यसैले पनि आफुले स्वदेशमा केही गर्नै पर्छ भनेर आफ्नै घर धनगढीमा ३० लाखको लगानीमा धनगढी वालपेपर एण्ड होम डेकोरमा ब्यवसाय गर्न लागेको जोशीले बताए ।
‘कोरिया राम्रो कमाई गरेर स्वदेश फर्किएका ९० प्रतिशत युवा त्यतिकै बसेको देखे । कोरियामा देखेको र सिकेको सिपलाई स्वदेशमा केही गरौ भन्ने उद्देश्यले आफुले यो क्षेत्रमा कोरियन ब्राण्डको वालपेपरको ब्यवसाय सुरु गर्न थालेको छु ।’ उनले भने– ‘अहिले घर, अफिस, होटल, रेस्टुरेन्ट लगायतमा पेन्टिङ भन्दा सस्तो अनि सुन्दर सजावटमा वालपेपर प्रयोग गर्ने चलन बढिरहेको छ, यस क्षेत्रका लागि यो ब्यवसाय नयाँ र राम्रो डिमाण्ड रहेकोले यो ब्यवसाय छनोट गरे ।’
अहिले सुदूरपश्चिममा काठमाडौबाट अडर गरेर रेस्टुरेन्ट,होटल,अफिसमा लगाउने गरेका छन् । अब काठमाडौ अन्य तिरबाट वालपेर तथा होम डेकोरका लागि पुग्नु पर्दैन वालपेपरको मुख्य विषेशता भित्ता आकर्षक देखाउनु नै हो। अनुभवीहरुबाट राम्रो ब्राण्डको वालपेर लगाउदा घरको कोठाको सुन्दरता बढ्छ । भने अर्को तिर पेन्टिङलगाउदा फोहोर हुन्छ,कहिले काहिँ केरमेट हुँदा पनि पुरै घरको पेन्टिङ लगाउनु पर्ने हुन्छ । वालपेपर भन्दा पेन्टिङ महङ्गो हुने गरेको जोशीले बताए ।
कोरियन ब्राण्डको वालपेपर जो १० बर्षसम्मको वारेन्टी रहेको छ । जो प्रती मिटर रु ७५ देखि ८० पर्छ । यस्तै घरको कोठा,अफिस, होटल, रेस्टुरेन्टमा सजावटका लागी बालफम,ग्रास,क्यानभासका सजावटका गुणस्तरीय रहेको छ। वालपेपरमा विभिन्न रङ, बुट्टा र प्रकारमा पाइन्छ। हामीकहाँ सामान्यतया इँटा, ढुंगा, काठ, मार्वल, जीव–जनावर, प्राकृतिक दृष्यलगायत एक सयभन्दा बढी प्याटर्न ९बुट्टा० भएका रेडिमेड वालपेपर उपलब्ध रहेको जोशीले बताए । २ महिनाका लागि धनगढीमा लगाउने वालपेपर रकम र अन्य जिल्लामा लगाउने रकम एउटै रहेको पनि बताए ।
यस्तै जोशीले कोरियाबाट स्वदेशमा आएका युवालाई लक्षित गरि आफुले साथिसङ्ग सल्लाह लिए साथीहरुले राम्रो योजना रहेको भनेपछी प्रदेशस्तरिय परिश्रम बहुउद्देश्यीय सहकारी नाम राखेर दर्ता गरिसकेको र केही दिनमा संचालनमा ल्याउने तयारी भईरहेको जोशीले बताए । कोरियाबाट फर्केका २ हजार युवालाई १ लाख रकमका दरले शेयर दिएर २० करोड रकम निक्षेप गरेर सहकारी संचालन गर्ने योजना रहेको यश सहकारीका अध्यक्ष समेत रहेका धर्मराज जोशीले बताए । कोरियाबाट फर्केका युवालाई उत्पादन क्षेत्रमा लगानी गरेर उनिहरुले उत्पादित गरेको बस्तुलाई सहकारीले खरिद गरेर बजारसम्म पुर्याउने र उनिहरुलाई ब्यवसायमा सक्षम बनाउने सहकारीको योजना रहेको उनले बताए।
अबको दिनमा सहकारी सन्चालनमा आएपछि कोरिया गएका युवाले स्वदेशमा फर्केपछि के गर्ने कसरी गर्ने भनेर सोच्नु पनि नपर्ने उनले बताए ।