धनगढीः धनगढीस्थित भन्सार रोडबाट एक बालक बेपत्ता भएका छन् ।
बाजुरा घर भई हाल धनगढीस्थित भन्सार रोडमा बस्दै आएका १२ वर्षीय आदर्श बिष्ट आइतबार बेलुका ५ बजेदेखि बेपत्ता भएको उनका आफ्न्तले जानकारी दिएका हुन्।
आइतबार स्कुलबाट घर फर्केर आफू र छोरी होटलमा काम गर्न गएको बेला घरमा बेलुका ५ बजे छोरा नभएको बालककी आमा सीता बिष्टले जानकारी दिईन । किताब खोलेर खाली स्कूल ब्यागसहित जिन्स पाइन्ट,टिसर्ट र चप्पल लगाएर घरबाट हराएको बालककी आमा सीताले बताइन्।
उनले आफ्नो छोरालाई कसैले भेटाएमा मोबाइल नम्बर ९८४८५४६०६० र ९८४२१८२६२३ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेकी छन्। उनले छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदनसमेत दिएकी छन्।