Khabar Ujyalo

धनगढीस्थित भन्सार रोडबाट एक बालक बेपत्ता,परिवारद्वारा खोजीको अपिल

१७ फाल्गुन २०७७, सोमबार
धनगढीस्थित भन्सार रोडबाट एक बालक बेपत्ता,परिवारद्वारा खोजीको अपिल

धनगढीः धनगढीस्थित भन्सार रोडबाट एक बालक बेपत्ता भएका छन् ।

बाजुरा घर भई हाल धनगढीस्थित भन्सार रोडमा बस्दै आएका १२ वर्षीय आदर्श बिष्ट आइतबार बेलुका ५ बजेदेखि बेपत्ता भएको उनका आफ्न्तले जानकारी दिएका हुन्।

आइतबार स्कुलबाट घर फर्केर आफू र छोरी होटलमा काम गर्न गएको बेला घरमा बेलुका ५ बजे छोरा नभएको बालककी आमा सीता बिष्टले जानकारी दिईन । किताब खोलेर खाली स्कूल ब्यागसहित जिन्स पाइन्ट,टिसर्ट र चप्पल लगाएर घरबाट हराएको बालककी आमा सीताले बताइन्।
उनले आफ्नो छोरालाई कसैले भेटाएमा मोबाइल नम्बर ९८४८५४६०६० र ९८४२१८२६२३ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेकी छन्। उनले छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदनसमेत दिएकी छन्।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.