Khabar Ujyalo

नाम फेर्न नपाएपछि अर्कै रंगशाला बनाउने ओलीको घोषणा

१७ फाल्गुन २०७७, सोमबार
नाम फेर्न नपाएपछि अर्कै रंगशाला बनाउने ओलीको घोषणा

काठमाडौ : प्रधानमन्त्री केपि शर्मा ओलिले आफूले चाहेअनुसार रंगशालाको नामाकरण हुन नसकेपछि प्रधानमन्त्री ओलीले आइतबार अवरोध नहुने ठाउमा अन्तर्राष्ट्रिय रंगशाला बन्ने घोषणा गरे। उनले ‘अवरोध नहुने ठाउँमा अन्तर्राष्ट्रिय रंगशाला बन्छ ।’ आइतबार नेपाल–चीन मैत्रीपूर्ण औद्योगिक पार्कको उद्घाटन गर्न झापा पुगेका ओलीले रंगशाला बनाउन नयाँ ठाउँ खोजिएको जानकारी दिएका हुन् ।

ओलीको निर्वाचन क्षेत्र हेर्ने स्वकीय सचिव होमबहादुर थापाका अनुसार प्रधानमन्त्री ओलीले देखेको नयाँ विकल्प दमक नगरपालिका– ३ को हुम्सेदुम्से सामुदायिक वनको जग्गामा रहेको जनाएका छन् ।
वैशाख २०६७ मा तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले कमल गाउँपालिका–५ मा रंगशाला निर्माणको शिलान्यास गरेकी थिइन् । आदिवासी जनजातिले समाधिस्थलको रुपमा प्रयोग गरेको जग्गामा रंगशाला बनाइने भएकाले नाम आदिवासी रंगशाला राख्ने सहमति पनि भएको थियो ।

रंगशाला निर्माणले गति लिन सकेको थिएन । २०७२/७३ को बजेट भाषणमा रंगशालाका लागि ४० लाख बजेट त छुट्याइयो, तर रंगशालाको नाम पनि परिर्वतन भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा रंगशालाको नाम मदन भण्डारी रंगशाला राखेपछि नामको विवाद सुरु भयो ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.