KhabarUjyalo

चैत ०४ गते आईतबारको तपाईको दैनिक राशिफल

४ चैत्र २०८०, आईतवार
चैत ०४ गते आईतबारको तपाईको दैनिक राशिफल

आज मिति वि.सं.२०८० चैत ०४ गते आईतबार ई.सं.२०२४ मार्च १७ तारिख

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउने समय । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव होला । नयाँ काम शुरु गर्न सकिनेछ । आर्थिक कारोबार होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहनेछ । आरोग्यता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । आमोद प्रमोदमा रमिरहनुहुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मित्रजनको साथ-सहयोगबाट आर्थिक लाभको बाटो खुल्ने समय छ । नसोचेको ठाउबाट आकस्मिक धनलाभ हुन सक्छ । आज परिवारमा भने सामान्य विवाद हुन सक्छ, सावधान रहनुहोला । स्वास्थ्यका लागि आज आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला । पारिवारिक समस्याको समाधान जुर्नेछ । रसरागको भाव वृद्धि होला । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): काममा बाधा आउनुका साथै आर्थिक हानी हुने योग रहेकोले आज विशेष सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । स्वास्थ्य पनि केही कमजोर रहला । खर्च बढ्न सक्छ । कर्मबल वृद्धि भएपनि काममा ढिलासुस्ती होला । यसका बाबजुद समस्याको समाधान प्राप्त हुनेछ । यात्रा सफल रहला । प्रतिष्पर्धी परास्त होलान् । आफन्तको साथ प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन आत्मीय मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक पक्षमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने योग छ । बुद्धि–विवेकको सही प्रयोग हुनेछ । धर्मकर्ममा रुचि र रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अर्थलाभ र प्रगतिको सम्भावना बढेको दिन छ । परिश्रम खेर जाने छैन । चिताएको काममा सफलता पाइनेछ भने धनलाभको योग छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । भाग्यबल बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्ला । पारिवारिक सुखशांति रहनाले उत्साह र कर्मबल वृद्धि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन परिवारमा हल्का विवाद हुनसक्ने योग छ । सामान्य अस्वस्थताले सताउला, तर पनि समाजिक सम्मान प्राप्तिको समय छ । लाभदायक तथा रमाइलो यात्रा हुन सक्छ । दौडधुप बढ्नेछ । साझेदारीको काम बन्नेछ । रचनात्मक काममा सफलता मिल्ला । काममा आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): स्वास्थ्य सामान्य कमजोर रहला । सोचेअनुरुप काम नहुने र खर्च बढ्नाले चिन्ता बढाउला । आर्थिक पक्ष खासै राम्रो छैन, बेकामको क्षेत्रमा खर्च हुने योग रहेकोले विशेष सावधान रहनु हितकर होला । भौतिक सरसामनको क्षति हुने सम्भावनाप्रति सचेत रहनुहोला । दाम्पत्य सुख बढ्नेछ । आजको दिन योजना र बजेट बनाएर मात्र काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सोचेको काम आज पुरा नहुन सक्छ । बिहानीपख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा त्यत्ति मन नलाग्न सक्छ । प्रेम प्रसङ्गमा बिग्रेको सम्बन्धमा केही सुधार आए पनि मानसिक तनाव कायमै रहने योग छ । बिग्रन लागेको काम तपाईंको अथक प्रयास र विवेकबाट बन्ने दिन छ । आफन्तको सहयोग प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । अन्ततः प्रतिष्पर्धीहरू परास्त होलान् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आम्दानीको बाटो खुल्ने समय छ । नचिताएको ठाउँबाट लाभ होला । शत्रु पन्छाउने उचित समय छ, प्रयास गर्नु हितकर हुनेछ । पढाइलेखाइमा भने आज खासै प्रगति नहोला । ब्यवसायमा राम्रै आम्दानी होला । प्रेमभाव र आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यस्तता बढ्नेछ । अधुरा कामहरु पूरा हुने र नयाँ कार्यका लागि ढोका खुल्ने समय छ । केही खर्च बढे पनि कुनै नयाँ कामको थालनी गर्नु हितकर हुनेछ । परिवारमा आर्थिक समस्याले सताउला, तर सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आज काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । कसैसँग विवादको सम्भावना रहेकोले संयमतापूर्ण व्यवहार गर्नु हितकर होला । पराक्रम र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य सफल रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित परिणाम दिने खालको समय छ । कसैले सम्मान गर्नेछन् भने केहीले अनावश्यक डर देखाउन सक्छन् । धनप्राप्तिको समय भएपनि आज जागिरमा भने खासै मन नजाला राजनीतिमा व्यक्तिगत बर्चस्व बढाउन सकिनेछ । सभा–समारोहमा भाग लिनुहुनेछ । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo