KhabarUjyalo

उदयपुरमा बोलेरो जिप दुर्घटनामा ७ जनाको मृत्यु

१ चैत्र २०८०, बिहीबार
उदयपुरमा बोलेरो जिप दुर्घटनामा ७ जनाको मृत्यु

विराटनगर ।  उदयपुरको बेलका ७ बाखाकुवा भन्ने स्थानमा भएको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिलकुमार राईका अनुसार मृत्यु हुनेमा सवारी चालक मानबहादुर बस्नेतको सनाखत भएको छ ।

अन्य १ जना ६–७ महिनाको बच्चासहित ३ जना महिला र २ जना पुरुषको मृत्यु भएको हो । उनीहरूको सनाखत भने हुन सकेको छैन । प्रहरीले अन्य ८ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाएको जनाएको छ । घटनास्थलमा प्रहरीको टोलीले उद्धार कार्य गरिएको छ।

धरानबाट भोजपुरका लागि छुटेको १ ज २५९३ नम्बरको बोलेरो बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo