धादिङ- कपिलबस्तुबाट काठमाडौं तर्फ जादै गरेको बस पृथ्वी राजमार्गको घाटबेसीमा दुर्घटनाग्रस्त हुँदा ४ जनाको मृत्यु भएको छ ।
विहान ५ बजे धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस त्रिशुलीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जनाको सकशुल उद्धार गरिएको छ।
बस अनियन्त्रित भई त्रिशुलीमा खसेको हुन सक्ने प्रहरीले बताएकाे छ ।
बसमा ४१ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।