धनगढी : नेकपा एमाले पार्टी सदस्यबाट निलम्बित भिम रावलले सुन्दर देश नेपालले प्रधानमन्त्री केपि शर्मा ओलिलाई यस्तो असत्य कुरा र झुठो बोल्ने देशको प्रधानमन्त्री पाएको बताएका छन् । एक टेलिभिजनमा अन्तर्वार्ता दिदै रावलले देशको प्रधानमन्त्री असत्य कुरा, झुटो सार्वजनिक ठाउँमा कुरा गरेको देख्दा हाम्रो देश नेपाल यस्तो सुन्दर देशले कस्तो प्रधानमन्त्री पायो भनेर सम्पूर्ण देशभक्त नागरिकले गँलानि महशुल गर्नु परेको बताए ।
केपि शर्मा ओलिले बालुवाटारमा आफ्नो गुटलाई राखेर पार्टीका वरिष्ठ नेता माधव नेपाल र आफुलाई गरेको कार्वाहीको निर्णय अवैध रहेको बताएका छन् ।
केपी ओलिले नवौं पार्टी महाधिवेशनको निर्णय र पार्टीको बिधान विपरीत निर्णय गरेको दावी गरेका छन् । यदि केपि शर्मा ओलिले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष मान्छन् भने आफू पनि पार्टीको उपाध्यक्ष नै भएको बताए । पार्टी महाधिवेशनको निर्णय र पार्टीको बिधान विपरीत निर्णय रहेको र अवैध ब्यक्ति गरेको निर्णय नमान्ने पनि रावलले बताए । यस्तै केपि शर्मा ओलि एमाले पार्टीलाई फुटाउने प्रयास गरिरहेको आरोप लगाए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलिले चैत १६ गते बालुवाटारमा बसेको बैठकबाट वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको थियो ।
पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पार्टी साधारण सदस्यबाट नै निलम्बन गरिएको जनाइएको थियो । नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलापहरू सच्याएमा निलम्बन अवधि घटाउन सकिने समेत जनाएको थियो ।