KhabarUjyalo

धनगढी पुगेर मन्त्री भट्टले भने,माओबादी केन्द्रमा आफन्तबाद हाबि भएपछी पार्टी छोडे

१४ चैत्र २०७७, शनिबार
धनगढी पुगेर मन्त्री भट्टले भने,माओबादी केन्द्रमा आफन्तबाद हाबि भएपछी पार्टी छोडे

धनगढी, १४ चैत । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रि लेखराज भट्टले माओबादी केन्द्रमा आफन्तबाद हाबि हुदै गएपछि प्रधानमन्त्रिको साथमा लागेको बताउनु भएको छ ।

यूवा सघं नेपालले धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले आफन्तबादका कारण पार्टि सकिदै गएकाले पार्टि परीर्बतन गरेको बताए ।

पार्टि र पार्टिका सगठन निर्माण भन्दा पनि आफन्त नातालाई प्रसय दीनेकामका कारण पार्टि सकिदै गएपछि बाद्य भएर साथ छोडेको उनले आरोप लगाए ।

उनले केपि ओलीको लागि फरी अर्को बैचारीक यूद्ध लड्न तयार रहेको समेत बताए । आफू सत्य र राष्ट्रियताको पक्षमा उभिएको बताउदै उनले सुखी नेपाली समृद्ध नेपालको नारा केपी नेतृत्वको सरकारले मात्र पुरा गर्न सक्ने दाबी गरे ।

मन्त्री भट्टले समूह र गुटका पछि नलाग्न समेत कार्यकर्ताहरूलाई निर्देशन दिए । कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज महेश बस्नेतले केपी नेतृत्वको सरकाले बिकास र समृद्धि ल्याएको दाबी गरे ।

सुदूरपश्चिमलाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको उनले बताए । सङ्गठन र पार्टी भित्र गुटबन्दी कुनै पनि हालतमा स्वीकार्य नहुने बताउदै उनले युवाहरूलाई अनुशासित भएर पार्टी र सङ्गठनमा लाग्न निर्देशन दिए ।  

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo