KhabarUjyalo

मेची-महाकाली अभियान एकताको सन्देश : धुर्मुस

१२ चैत्र २०७७, बिहीबार
मेची-महाकाली अभियान एकताको सन्देश : धुर्मुस

धनगढी : गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन  धुर्मुस सुन्तली फाउन्डेसन मेची-महाकाली अभियान जुटेको छ । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस सहित उहाँको अभियानमा आवद्ध सदस्यको टोलिसहित पश्चिमको महाकालीबाट चैत १० गते मेची- महाकाली अभियानको थालनी गरेका छन् । चैत १३ गतै कैलालीको धनगढीमा अभियानको कार्यक्रम रहेने जानाएको छ  ।

हिमाल,पहाड र तराईमा रहेको विभिन्न पहिचान,संस्कृती र रहनसहनलाई यो अभियानले एकता गर्ने बताए । हरेक ब्यक्तिले यो अभियानलाई एक सय रकम सहयोगले पनि बैशाखमा क्रीकेट रंगशाला निर्माण हुने त्यसका लागि देशप्रेमीलाई सहयोगका लागि अपिल गरेका छन् । एक जिलाबाट रंगशालामा एक कक्षमा निर्माणका लागी पनि आउने अपेक्षा गरे । कैलाली,कंचनपुरका नागरिकको ठुलो सहयोग रहेने बताए । कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसमा आवद्ध ब्यक्तिले गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशाला निर्माण बिकासको आन्दोलन भएको सम्पुर्ण नागरिकले सक्दो सहयोग गर्न आग्रह गरेका थिए ।

सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरूले टीका, फूलमालासहित चार हजार चार सय पाँच रुपैयाँ सहयोग गरेर उनलाई बिदाइ गरेका थिए । अभियान महाकालीबाट सुरु भई कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रूपन्देही, परासी, नवलपुर र चितवनसम्म आउनेछ । रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरु हुने धुर्मुस सुन्तली फाउन्डेसले जनाएको छ । सेति-महाकाली अभियान एकताको सन्देश रहेको फाउन्डेसनका अध्यक्ष कट्टेल बताए ।
बुधबार बोलन्या थलीमा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले एक महिनाको पारिश्रमिक र मुख्यमन्त्री कार्यालयका प्रमुख स्वकिय सचिव शिव ओलिले १० हजार गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशालालाई दिने घोषणा गरे । यस्त कैलाली उद्योग बाणिज्य संघका सचीव सिद्धराज पनेरूले दुई हजार, ज्ञान शाहीले एक हजार , रिदम रोकायाले एक हजार,डिल्ली राज ओझाले पाँच सय पाँच,कृतिजङ्ग शाहले पाँच आर्थिक सहयोग गरेका थिए ।

क्रिकेट रंगशाला भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण भइरहेको छ । डिपिआरअनुसार तीन अर्ब ५५ करोड रुपैयाँ खर्च अनुमान गरिएको रंगशाला निर्माणको झन्डै ३३ करोड रुपैयाँ संकलन भएको छ । हालसम्म ४४ करोडभन्दा बढी रकम खर्च भएको फाउन्डेसनले जनाएको छ । ५० करोड कबोल रकम उठ्न बाँकी छ । फाउन्डेसन अहिले करिब १२ करोड ऋणमा 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo