२० असार २०७९, सोमबार

गृह मन्त्रालय भन्छ, भीड नगर्नु,मुख्यमन्त्री भीडभाडमै गएर होली !

११ चैत्र २०७७, बुधबार
[Sassy_Social_Share]
गृह मन्त्रालय भन्छ, भीड नगर्नु,मुख्यमन्त्री भीडभाडमै गएर होली !

काठमाडौ : कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाउन, भीड नगर्न परिपत्र गरेकै दिन बुधबार मुख्यमन्त्री शेरधन राईले भीडभाडमा गएरै होली मनाएका छन्। विराटनगरस्थित उद्योग संगठनले आयोजना गरेको होली मिलन समारोहमा गएर मुख्यमन्त्री राईले होली खेलेका हुन् ।

बुधबार मात्रै प्रदेश १ मा १३ जना नयाँ कोरोना संक्रमित फेला पर्दा १० जना विराटनगरका मात्रै छन्। उच्च जोखिम क्षेत्र मानिने विराटनगरमै सयौंको भीडमा गएर होली मनाउने मुख्यमन्त्रीको शैलीको चिकित्सक र सरकारी अधिकारीहरुले नै आलोचना गरेका छन्। ‘मुख्यमन्त्री आफैं होली खेल्दै हिँडेपछि जनतालाई कुन मुखले होली नखेल भन्ने?’, सामाजिक विकास मन्त्रालयका एक उच्च अधिकारीले आक्रोश पोखे, ‘आफैले सूचना गरेर सर्वसाधारणलाई भीड नगर्नु भन्नुपर्ने बेलामा मुख्यमन्त्रीले यसो गर्नु गलत छ।’

कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पालना कहिल्यै नगरेको भन्दै सार्वजनिक आलोचनाको शिकार बन्दै आएका मुख्यमन्त्रीले वेपर्वाह रुपमा होली खेलेका हुन् । मुख्यमन्त्रीको यस्तो शैली गैरजिम्मेवार भएको भन्दै चिकित्सकहरुले दुःख व्यक्त गरेका छन् ।

‘गृह मन्त्रालयले भीड नगर्न सूचना गरेको छ, जिल्ला प्रशासनले अघिल्लै दिन त्यस्तै सूचना गरिसकेको छ’, विराटनगरस्थित कोशी अस्पतालका एक चिकित्सकले भने ‘तर, मुख्यमन्त्री चाहिँ आरामले होली खेल्न जानु आपत्तिजनक छ । प्रदेश सरकारको प्रमुख नै यति गैरजिम्मेवार हुने हो भने जिम्मेवार को हुन्छ ?’

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo