KhabarUjyalo

सुदूरपश्चिमबाट कोरियामा गएका युवाहरुको सहकार्यमा धनगढीमा सहकारी संचालनमा

११ चैत्र २०७७, बुधबार
सुदूरपश्चिमबाट कोरियामा गएका युवाहरुको सहकार्यमा धनगढीमा सहकारी संचालनमा

धनगढी : सुदूरपश्चिमबाट कोरियामा काम गर्न गएका युवा र कोरियाबाट स्वदेश फर्किएका युवाहरुको सहकार्यमा धनगढीमा परिश्रमी बहुउद्देश्यीय सहकारी संस्था लि.संचालनमा ल्याएका छन् । बुधबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश कृषि,ब्यवस्था तथा सहकारी मन्त्रालयका रजिस्ट्रार गोकुल बोहराले सहकारीको उद्घाटन गरेका हुन् ।

कोरियामा काम गरेर सिकेको सीप र कमाईलाई स्वदेशमै सदुपयोग गर्ने लक्ष्यसहित युवाहरूले सहकारी खोलिएको सहकारीका अध्यक्ष धर्मराज जोशीले बताए । पहिलो चरणमा कोरियामा काम गरेका २ हजार युवालाई १ लाख रकमका दरले शेयर दिएर २० करोड रकम निक्षेप गर्ने सहकारीको योजना रहेको छ । उत्त सन्चय रकमबाट कोरियाबाट फर्केका युवालाई सहुलियतमा ऋण प्रदान गरि युवाहरूले उत्पादन गरेको बस्तुलाई सहकारीले खरिद गरेर बजारसम्म पुर्याउने र उनिहरुलाई ब्यवसायमा सक्षम बनाउने सहकारीको योजना रहेको उनले बताए।

अबको दिनमा सहकारी सन्चालनमा आएपछि कोरियाबाट फर्केका युवाले स्वदेशमा के गर्ने कसरी गर्ने भनेर सोच्नु पनि नपर्ने उनले बताए ।

उद्घाटन कार्यक्रमका सभापति उत्त सहकारीका अध्यक्ष धर्मराज जोशी रहेका थिए । भने बिशिष्ट अतिथि उद्योग बाणिज्य संघ कैलालीका सचिव सिद्धराज पनेरु र कैलाली सहकारी संघका पुर्व अध्यक्ष बिश्व पौडेल रहेका थिए । यस्तै विभिन्न सहकारीका प्रतिनिधि,अन्य ब्याक्तित्व लगायत कोरियाबाट फर्किएका युवाहरू सहभागी रहेका थिए ।
सुदूरपश्चिम समाज दक्षिण कोरिया विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo