धनगढी : नेकपा एमालेका उपाध्यक्ष भिम रावलले देशको सिमा कब्जा हुँदापनि सरकारको कुनै चासो नहुनु रहस्यमय भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा रावलले केपी शर्मा ओलिका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नहुनु रहस्यमय भएको बताएका छन्। ।
उनले लेखेको छन्- ‘दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रमं केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ।सत्ता र कुर्सीका सामु प्रमं केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो-रहस्यमय मौनता!’