१९ मंसिर २०७९, सोमबार

छत्तीसगढमा प्रहरी सवार बसमा नक्सली हमला, ५ को मृत्यु, १४ घाइते

१० चैत्र २०७७, मंगलवार
छत्तीसगढमा प्रहरी सवार बसमा नक्सली हमला, ५ को मृत्यु, १४ घाइते

भारतको छत्तीसगढको नारायणपुर जिल्लामा मंगलबार भएको नक्सली हमलामा ५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) सवार बस विस्फोटक धरापमा परेको हो । बसमा २४ जना जवान सवार थिए ।

बस्तरका आइजी पी सुन्दरराजका अनुसार नारायणपुरमा नक्सलविरोधी अभियानमा सामेल भएर ती प्रहरी जवानहरु फर्किरहेका थिए । त्यस दौरान इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईडी) विस्फोट भएको थियो । जसमा ड्राइभरसमेत ५ जनाले ज्यान गुमाएका छन् । घटनामा दुई प्रहरी गम्भीर रुपले घाइते रहेका थिए । जसमध्ये एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने एक जनाको उपचार भइरहेको छ ।

मारिनेमा जय लाल उइके, करन देहारी, सेवक सलाम, पवन मंडावी र विजय पटेल रहेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo