KhabarUjyalo

पाकिस्तानमा महिला बलात्कार गर्ने दुई पुरुषलाई मृत्युदण्ड

१० चैत्र २०७७, मंगलवार
पाकिस्तानमा महिला बलात्कार गर्ने दुई पुरुषलाई मृत्युदण्ड

काठमाडाैं- पाकिस्तानकाे अदालतले एक महिलाकाे बलात्कार गर्ने दुई पुरुषलाई मृत्युदण्डको सजाय सुनाएकाे छ।

न्यायाधीश अर्सद हुसेन भुट्टाले अबिद माल्ही र सफकत अलि नाम गरेका दुई जनालाई मृत्युदण्डको सजाय सुनाएका हुन्।

पेट्रोल सकिएपछि महिला सवार कार बिच बाटोमा रोकिएको थियो। उक्त कारमा महिलाका साना छोराछोरी थिए।

अधिकारीहरुका अनुसार  दुई पुरुषले सडकमा महिला देखेपछि लखाटेका थिए। ती महिला भाग्दै कारभित्र पसिसकेकी थिइन्। 

तर, बन्दुकधारी दुई पुरुषले गाडीको सिसा फुटाउँदै महिलालाई बाहिर निकालेका थिए।

उनीहरुले बन्दुक तेस्याउँदै महिलाको बलात्कार गरेकाे बताइन्छ। बलात्कार पछि ती महिलाको पैसा, गहना तथा बैंक कार्डहरु सबै लुटपाट गरेका थिए। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo