KhabarUjyalo

२०७८ सालको बिदाको सूची सार्वजनिक

१० चैत्र २०७७, मंगलवार
२०७८ सालको बिदाको सूची सार्वजनिक

काठमाडौं । सरकारले कटौती भएका केही पर्व बिदासमेत समेटी नयाँ वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार अब सात दिन पर्व बिदा हुने भएको छ । जसमा वैशाख १ गते नयाँ वर्ष, रक्षाबन्धन, दशैँको घटस्थापना, छठ पर्व, माघे संक्रान्ति अर्थात माघी पर्व, महाशिवरात्रि र फागु पूर्णिमा रहेका छन् । 

किराँत, राईहरुको उभौली पर्व, चण्डी पूर्णिमालगायतका पर्वमा सार्वजनिक बिदा हुने भएको छ । यस्तै गौरा पर्व, इस्लाम धर्मालम्बीहरुको इद उल फित्र, इद उल अजहा, क्रिसमस डे, तमु ल्होसारलगायत विभिन्न ल्होसार पर्वमा पनि बिदा हुने भएको छ ।

यस्तै महिला कर्मचारीका लागि वर्षमा दुई दिन, शिक्षण संस्थाहरूका लागि एक दिन, जात्राका लागि चार दिन, दशैँ बिदा पाँच दिन, तिहार बिदा चार दिन, दिवस बिदा ६ दिन दिने निर्णय गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo