KhabarUjyalo

एमालेले माग्यो भीम रावलसँग रकम हिनामिना देखि फर्जी हस्ताक्षरसम्म गरेको स्पष्टीकरण

१० चैत्र २०७७, मंगलवार
एमालेले माग्यो भीम रावलसँग रकम हिनामिना देखि फर्जी हस्ताक्षरसम्म गरेको स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले पार्टीका नेता डा.भीम रावललाई ६ बुँदे स्पष्टीकरण सोधेको छ । उक्त स्पष्टीकरणमा भीम रावलमाथि पार्टीको सम्पत्ति हिनामिना गरेको आरोप लगाइएको छ । 

स्पष्टीकरण पत्रको छैटौँ बुँदामा रावललाई पार्टीको कार्यकर्ताले दुःखले जम्मा गरेको रकम दुरुपयोग गर्न/गराउन प्रत्यक्ष भूमिका के कति कारणले खेलेको भनी प्रश्न गरिएको छ ।

रावलसँगआफ्नो पार्टी अध्यक्षको सरकारलाई बदनाम गराउन सडक, सदन र मिडियामा लगातार झुट प्रचार गरेको र अविश्वास प्रस्ताव दर्ता गराउन अगुवाई गरेको विषयमा पनि स्पष्टीकरण मागिएको छ ।

नेकपा एमालेले रावलमाथि छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गरेको, भ्रम र प्रलोभनमा पारी हस्ताक्षर गराएको तथा संसदहरुको फर्जी हस्ताक्षरसम्म गरेको आरोप लगाएको छ । अविश्वासको प्रस्ताव तयार गर्दा अनुशासनहिन कार्य किन के कारणले गरेको भनी पार्टीले स्पष्टीकरण सोधेको छ । 

 ६ बुँदे स्पष्टीकरणको जवाफ तीन दिन भित्र दिनुपर्नेछ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo