Khabar Ujyalo

कैलालीमा बसको ठक्करबाट युवतीको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

१० चैत्र २०७७, मंगलवार
कैलालीमा बसको ठक्करबाट युवतीको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलाली : पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहामा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो। 

ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

अहिले मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन् । राजगमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका गाडीहरु लम्कीमा रोकिएका छन् । 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.