Khabar Ujyalo

सुप विश्वविद्यालयले शुल्क वृद्धि गरेको बिरोधमा विद्यार्थीद्वारा थप आन्दोलनका कार्यक्रम

९ चैत्र २०७७, सोमबार
सुप विश्वविद्यालयले शुल्क वृद्धि गरेको बिरोधमा विद्यार्थीद्वारा थप आन्दोलनका कार्यक्रम

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिकसत्र देखी शुल्क वृद्धि गरपछि विद्यार्थी संगठन शुल्क घटाउनु पर्ने माग सहित थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।
एक साता देखि आन्दोलित विद्यार्थीहरुले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन ।

चैत्र १० गते शुल्क वृद्धिका विरुद्ध अपिल पत्र लगायत प्रचार–प्रसार गर्ने, ११ गते प्लेकार्ड सहित बिहान १० बजे धर्ना कार्यक्रम र १२ गते केन्द्रीय क्याम्पसको गेटमा उपकुलपति र रजिस्टारको पुत्ला दहन सम्मका विरोध राखिएको विज्ञप्तिमा उल्लेख छ ।

कञ्चनपुरमा अनेरास्ववियुका अध्यक्ष रोहित गजुरेल, नेविसंघका विक्रम बुढा, अखिल (क्रान्तिकारी) का अध्यक्ष गणेश राज मिश्र, अखिल (क्रान्तिकारी) अध्यक्ष नागेन्द्र जोशी, अखिल (क्रान्तिकारी) संयोजक अर्जुन बिक, अखिल छैटौँ अध्यक्ष विक्रम कार्की, समाजवादी विद्यार्थी सङ्गठन नेपालका अध्यक्ष संकर बोहराले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दे शुल्क फिर्ता लिइनुपर्ने माग गरिएको छ ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.