२४ मंसिर २०७९, शनिबार

धनगढीमा आदर्श सेवा समाजद्वारा साईकल यात्री बस्नेतलाई सम्मान

९ चैत्र २०७७, सोमबार
धनगढीमा आदर्श सेवा समाजद्वारा साईकल यात्री बस्नेतलाई सम्मान

धनगढी : आदर्श सेवा समाज धनगढीले साईकल यात्री देवेन्द्र बस्नेतलाई स्वागत तथा सम्मान गरेको छ । सोमबार कैलालीको धनगढी पुगेका बस्नेतलाई स्वागत तथा सम्मान गरेको हो । 

हेल्प नेपाल नेटवर्कको सहयोगमा ६ करोडको लागतमा निर्र्माणाधिन भिमेश्वर नगरपालिकाको राजकुलेश्वर विद्यालयका भवनको सहयोगार्थ उनले साईकल यात्रा र डडेल्धुराको पुईलेकमा भक्त बिबि फाउण्डेसनको सहकार्यमा बहादुर खडक स्मृति पुस्तकालय निर्माण गर्न र शिक्षामा पहुच नभएका बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यका साथ साईकल यात्रासहित अभियान थालिएका छन् ।
साईकल यात्री बस्नेतले १ किलोमिटर बराबर न्युनतन १ रुपैयाँ क्राउड फण्ड अभियान थालेको बताए । सम्मान कार्यक्रमका प्रमुख अतिथी सिद्धराज पनेरूले यस्तो यात्रा गर्ने यात्रीको त्याग सहास र मानवीय भावनाको जति प्रशंसा गरे पनि कम हुने बताए । बहादुर खडग स्मृती प्रतिष्ठानका अध्यक्ष चक्रबिर भण्डारीले शिक्षामा सबैको पहुचका लागि गरिएको यात्राले समाज रुपान्तरणमा उल्लेख्य भुमिका खेल्ने बताए । 

नेपाल शिक्षक संघ धनगढी उप-महानगरपालिकाका अध्यक्ष नवराज ओझाले देवेन्द्र बस्नेतले समाजिक उत्तरदायित्वका लागि गरिएको यात्राले युवाहरुलाई समाज सेवामा समर्पित हुन उत्प्रेरित गर्ने बताएका थिए । आदर्श सेवा समाजका अध्यक्ष तीर्थ राज पाण्डेयको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको सञ्चालन समाजका सचिव गणेश नेपालीले गरेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo