KhabarUjyalo

महाकाली नदिमा आजबाट र्‍याफ्टिङ्ग !

९ चैत्र २०७७, सोमबार
महाकाली नदिमा आजबाट र्‍याफ्टिङ्ग !

डडेल्धुरा,९ चैत । विश्व पानी दिवसको अवसरमा नेपाल–भारतको सिमा नदि महाकालीमा र्‍याफ्टिङ्ग गरिएको छ । दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदिमा यि मध्ये तिन वटा जिल्लाहरुमा र्‍याफ्टिङ्ग गरिन लागेको हो ।

महाकाली नदिमा जलयात्रा र्‍याफ्टिङ्ग को सम्भाव्यता अध्ययन पछि र्‍याफ्टिङ्ग गरिन लागेको परशुरामका नगरपालिकाले जनाएको छ । सहासिक पर्यटकका लागी दिर्घकालिन रुपमा महाकालीमा बोट सञ्चालन गर्न टेवा पुग्ने विश्वासले सिमा नदिमा पानी दिवसको अवसर पारि र्‍याफ्टिङ्ग गरिन लागिएको परशुरामका नगर प्रमुख भिम बहादुर साउदले बताए ।

दुई वटा बोट कञ्चनपुरको खल्ला मुसेट्टि सम्म जाने कार्यक्रम अनुसार नगर प्रमुख साउदले आज बिहान ८ बजे र्‍याफ्टिङ्ग को शुभारम्भ गरेका छन् । डडेल्धुराको परशुराम नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाले र्‍याफ्टिङ्ग गर्न लागेका हुन् । 

जलयात्रा सञ्चालनका लागी विभिन्न तहका सरकार र छिमेकी राष्ट्र भारत सँग समन्वय गरेर प्रारम्भ गरिन लागेको हो । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo