KhabarUjyalo

अमेरिकी महिलाले ९ मिनेटमा जन्माइन् ६ ओटा बच्चा

९ चैत्र २०७७, सोमबार
अमेरिकी महिलाले ९ मिनेटमा जन्माइन् ६ ओटा बच्चा

टेक्सास– अमेरिकी नागरिक थेल्मा चिएका नाम गरेकी एक महिलाले ९ मिनेटमा ६ ओटा बच्चालाई जन्म दिएकी छिन् ।

उनले शुक्रबार विहान ४ः ५० मिनेटमा पहिलो बच्चा लाई जन्म दिएकी हुन् भने ४ः ५९ मिनेटमा छैठौँ बच्चालाई जन्म दिइन् । ६ वटा बच्चा मध्ये ४ जना छोरा छन् भने २ जना छोरी छन् ।

अस्पतालले दिएको जानकारी अनुसार बच्चाहरुको वजन ५०० ग्राम देखि ९०० ग्राम सम्मका रहेका छन् । बच्चाहरुको अवस्था स्थीर रहेको छ भने एनआईसीयूमा राखेर बच्चाहरुको उपचार भइरहेको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo