KhabarUjyalo

अवैध केन्द्रीय कमिटीको निर्णय मान्दैन्, सांसद पद गएपनि ओलीका अगाडी नझुक्ने : भिम रावल

९ चैत्र २०७७, सोमबार
अवैध केन्द्रीय कमिटीको निर्णय मान्दैन्, सांसद पद गएपनि ओलीका अगाडी नझुक्ने : भिम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पद गएपनि आफु प्रधानमन्त्री केपि शर्मा ओलीका अगाडी नझुक्ने बताएका छन् । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने अधिकार अवैध केन्द्रीय कमिटीलाई नरहेको टिप्पणी गरेका छन्  ।

एक रेडियो अन्तर्वार्तामा रावलले  राजनीतिक नैतिकता नभएको व्यक्तिले बोलाएको अवैधानिक केन्द्रीय कमिटी बैठकका निर्णय नमान्ने बताए ।
‘अनुशासनहिन, अराजक, निरंकुश र स्वेच्छाचारी काम हो, त्यो कामको विरोधमा पार्टीका नवौं महाधिवेशन र जनताको बहुदलिय जनवाद मान्ने, यो देशको स्वाधिनता, स्वतन्त्रता र राजनीतिक स्थायीत्व चाहने सम्पूर्ण सदस्यहरुले त्यस्को अवज्ञा गर्नुपर्छ भन्ने मेरो भनाइ छ, मैले पदको लागि राजनीति आजसम्म गरेको छैन् र आगामी दिनमा पनि गर्दिन, अवैध स्पष्टीकरण म मान्दिँन सांसद पद गए जाओस् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo