KhabarUjyalo

९ महिनामा ११ पटक इन्धनको मूल्यवृद्धि,आयल निगम नाफामा,उपभोक्ता मारमा

८ चैत्र २०७७, आईतवार
९ महिनामा ११ पटक इन्धनको मूल्यवृद्धि,आयल निगम नाफामा,उपभोक्ता मारमा

काठमाडौ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि गर्दै लगेको छ । जसकारण बजारभाउमा चाप बढेको छ । चालू आर्थिक वर्षको ९ महिनामा निगमले ११ पटक मूल्य समायोजन गरिसकेको छ । जसमध्ये दुईपटक डिजेलको मात्र भाउ बढाएको छ भने अन्य समायोजनमा सबै पेट्रोलियमको मूल्यवृद्धि गरिएको छ । मंसिरयता भने इन्धनको मूल्यवृद्धि तीव्र रूपमा अघि बढेको छ । आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मूल्य बढेर आएको जनाउँदै निरन्तर मूल्यवृद्धि गरिरहेको हो । मंसिरयता मात्र पेट्रोल र डिजेलको मूल्य समान १० रुपैयाँ प्रतिलिटर बढेको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्दै आएको दाबी गरे ।

नयाँ पत्रीकाबाट

आयल निगमले हवाई इन्धन बिक्रीमा निरन्तर नाफा राख्दै आएको छ । पछिल्लो समय मूल्यमा चाप बढ्न थालेपछि निगमले हवाई इन्धनको समेत मूल्य बढाएको छ । आयल निगमले लामो समयसम्म प्रतिलिटर ६५ रुपैयाँमा बिक्री गरिरहेको हवाई इन्धन ४ फागुनमा २ रुपैयाँ बढाएर प्रतिलिटर ६७ रुपैयाँ कायम गरेको थियो । 

त्यसपछि हवाई इन्धनको मूल्य बढाउन थालिएको छ । त्यसपछि १७ फागुनमा आन्तरिक वायुसेवा कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य ५ रुपैयाँ बढाएर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीका लागि २५ डलर बढाएर ८ सय ९३ प्रतिकिलोलिटर कायम गरिएको  थियो । मूल्य निरन्तर बढाउने क्रममा ३ चैतमा निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएर ७४ रुपैयाँ कायम गरेको छ । नयाँ पत्रीकाबाट

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo