KhabarUjyalo

केपी ओलिजीले स्पष्टीकरण दिनुपर्छ : भिम रावल

७ चैत्र २०७७, शनिबार
केपी ओलिजीले स्पष्टीकरण दिनुपर्छ : भिम रावल

काठमाडौं- नेकपा (एमाले)का नेता भीम रावलले आफूसहितका नेताहरूलाई स्पष्टीकरण सोध्ने केपी शर्मा ओली पक्षको निर्णय अवैध र हास्यास्पद भएको बताएका छन्। शनिबार ट्विट गर्दै नेता रावलले ओली पक्षको निर्णय अस्वीकार गर्दै प्रधानमन्त्री केपी ओलीले चाहिँ स्पष्टीकरण दिनुपर्ने तर्क गरेका छन्। 

‘केपी शर्मा ओलीजीले अवैध कमिटीको कथित बैठकबाट मसमेत नवौँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीका नेताहरूलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ,’ नेता रावलले ट्विटमा लेखेका छन्, ‘त्यस्तो निर्णयलाई म पूर्णतः अस्वीकार गर्दछु।’

नेता रावलले उक्त ट्विटमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले नै जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्ने तर्क गरेका छन्। ‘एमालेको विधान उल्लंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा केपी ओलीजीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्छ,’ रावलको ट्विटमा लेखिएको छ। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo