KhabarUjyalo

“टाउकोमा जिम्मेवारी आयो भने पछि पर्ने वाला पनि छैन” : देउवा

७ चैत्र २०७७, शनिबार
“टाउकोमा जिम्मेवारी आयो भने पछि पर्ने वाला पनि छैन” : देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पद भन्दा पार्टी ठूलो भएकाले आफू पार्टी निर्माणमा लागेको बताउनुभयो ।

नेपाली काङ्ग्रेस तरुण विभागले शनिबार रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उहाँले अहिले प्रधानमन्त्री बन्नुभन्दा काङ्ग्रेसलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाइ छाड्ने दावी गर्नुभयो । कम्युनिष्ट सरकारले जनहित अनुकुलको काम नगरेकाले काङ्ग्रेसलाई पार्टी निर्माण गर्न सहज र जनताको आशा हाम्रौ पार्टीमा भएकाले पहिलो पार्टी बन्ने उहाँको भनाईथियो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नु पर्छ । टाउकोमा जिम्मेवारी आयो भने पछि पर्ने वाला पनि छैन ।” अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको भन्दै उहाँले माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको बताउनुभयो । उहाँले भन्नुभयो “मधेशवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल कसरी अगाढी बढ्छन् । त्यो हेर्नु पर्छ ।”

उहाँले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । आपसी मतभेदको अन्त्य गर्दै निर्वाचनको तयारी गर्न उहाँले आग्रह गनुभयो । स्थानीय तहदेखि संघिय निर्वाचनसम्म हुने भएकाले सबैलाई व्यवस्थापन गर्न सकिने भन्दै उहाँले जनताको घर दैलोमा गएर निर्वाचनका लागि तयारी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “जनता मालिक हुन । नोकर होइनन् । भाषण गरेर मत दिदैनन् । जनताको सुख दुखमा साथ दिनुस् । निर्वाचन जितिन्छ ।” कांग्रेस भित्रको आन्तरिक विवाद टुङ्गाएर अघि बढ्ने समय आएको उहाँको भनाई थियो

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo