एजेन्सी । बंगलादेशमा एक इस्लामिक समूहले हिन्दूहरुमाथि आक्रमण गरेको छ । सो समूहका हजारौं समर्थकले बंगलादेशको पूर्वोत्तरमा पर्ने सिलहट डिभिजनमा करिब ८० घरमा शुक्रबार हमला गरेर क्षतिग्रस्त गरेको भारतीय मिडिया हिन्दूस्तानले जनाएको छ ।
बंगलादेशको अल्पसंख्यक समूदायका एक युवाले सामाजिक सञ्जालमा एउटा पोस्ट गरेवापत उक्त घटना भएको हो ।
बंगलादेशको ढाका ट्रिब्यून अखबारलाई उदृत गर्दै हिन्दूस्तानले जनाएअनुसार मुताबिक हिफाजत ए इस्लाम नाम उक्त कट्टर इस्लामिक संस्थाका नेता मामुनुल हकका अनुयायीहरुले हिन्दूहरुमाथि हमला गरेका थिए । कतिपय हिन्दू आफ्नो ज्यान जोगाउन घरबाट भागेका थिए ।