KhabarUjyalo

फ्रान्सका १६ राज्यमा पुन: लकडाउन

७ चैत्र २०७७, शनिबार
फ्रान्सका १६ राज्यमा पुन: लकडाउन

एजेन्सी, ७ चैत । फ्रान्सका विभिन्न १६ ओटा राज्यमा गए रातिदेखि फेरि ‘लकडाउन’ शुरु भएको बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार यो लकडाउन कार्यक्रमको घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा धेरै बढेको बताउँदै अब फ्रान्ससँग लकडाउन बाहेकको अर्को कुनै पनि विकल्प नरहेको बताउनु भएको थियो ।

विद्यालयहरु यहाँको सरकारले तय गरेका मापदण्डहरु पूर्णरुपमा लागू गरेरमात्र खोल्न सकिने बताइएको छ । त्यसैगरी काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमिटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ ।

त्यसैगरी रेस्टुरेन्ट, बारसहितका अत्यावश्यकभन्दा बाहिरका सेवा बन्द रहने छन् भने विद्यालय र उद्योगहरु खुला हुनेछन् । फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ भने दैनिक ३० हजारभन्दा बढी सङ्क्रमित थपिँदै गएका छन् ।

फ्रान्समा अहिलेसम्ममा ४२ लाखभन्दा बढी नागरिकमा यो सङ्क्रमण देखिएको छ । त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको सङ्ख्या पनि ९१ हजारभन्दा बढी पुगेको बताइएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo