KhabarUjyalo

१३ वर्षिया बालिकामाथि सामुहिक बलात्कार

७ चैत्र २०७७, शनिबार
१३ वर्षिया बालिकामाथि सामुहिक बलात्कार

नुवाकोट । नुवाकोट जिल्लाको विदुर नगरपालिका –१० स्थित महभिर भन्ने स्थानमा १३ वर्षिय कान्छी तामाङ (नाम परिवर्तन) लाई सामुहिक बलात्कार गरेको पाइएको छ ।

गत फागुन–२९ गते शनिबार राति ११ बजे ट्वाइलेट जान भनी बाहिर निस्केकी बालिकालाई सोही मौकामा सामुहिक बलात्कार गरको पाइएको हो ।

स्थानीय प्रहरीका अनुसार बालिकामाथि सामुहिक बलात्कार गर्नेमा सोही गाउँका विनायक लो तामाङ, सुविन तामाङ, सविन तामाङ र सुर्यगडि गाउँपालिका–५ का मिलन तामाङ हुन् । ती बालिकाले दिएको प्रारम्भिक बयानअनुसार बालिकालाई नजिकैको बारीमा लगेर मुख छोपेर पालैपालो बलत्कार गरेको हो ।

अति विपन्न परिवारका ती बालिका कक्षा–३ मा अध्यायनरत छिन् । आमाबुबा पनि शारिरिक रुपमा समेत अशक्त रहेका उनलाई बलत्कारपछि आरोपित युवाहरूको परिवारले विभिन्न आर्थिक प्रलोभन देखाउनेदेखि मिलापत्र नगरे ज्यान मार्ने धम्कि समेत दिएको पीडित पक्षका एकले उज्यालो नेटवर्कलाई जानकारी दिए ।

उक्त घट्नाको विषयमा स्थानीय प्रहरी प्रशासनले पनि घट्ना भएको पुष्टि गरेको छ । तर, बालिकामाथि बलात्कार भएको हो वा होइन भन्ने विषयमा भने अनुसन्धान भइरहेको छ ।

सो वडाका वडाध्यक्ष गणेश नेपालले भने घट्नामा संलग्न अपराधीले कुनै हालतमा उन्मुक्ति नपाउने बताए । आरोपित ति युवकहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुलाई अहिले म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo