२० असार २०७९, सोमबार

सरकारी बजेटको दुरुपयोग : सडक खनियो तर खच्चडपनि हिँड्न नसक्ने बाटो

७ चैत्र २०७७, शनिबार
[Sassy_Social_Share]
सरकारी बजेटको दुरुपयोग : सडक खनियो तर खच्चडपनि हिँड्न नसक्ने बाटो

कालिकोट : कालीकोटको महाबु गाउँपालिकाले कर्णाली प्रदेशको समपूरक बजेटलाई सही ठाउँमा लगानी नगर्दा रकमको दुरुपयोग भएको भन्दै अहिले यसबारे निकै आलोचना भइरहेको छ ।
शेरावाडादेखि सल्लीको उकालोमा प्रदेश सरकारको समपूरक बजेट खर्च गरी खनेको सडकमा खच्चड पनि हिँंड्न नसक्ने भएपछि बजेटको दुरुपयोग भएको आवाज उठेको छ । महाबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले प्रदेश सरकार र गाउँपालिकाको संयुक्त साझेदारीमा एक करोड २० लाख रुपियाँमा उक्त ठेक्का भएको जानकारी दिए । 

निर्माण कम्पनीले करसहितको ३८ लाख रुपियाँमा सडक निर्माणको जिम्मा लिई हचुवाको भरमा उक्त सडक निर्माण गरेको उनले बताए । आफू गाउँपालिकामा आउनुअगाडि नै सबै प्रक्रिया भइसकेको प्रमुख प्रशासकीय अधिकृत सिंहको भनाइ छ । प्राविधिक प्रतिवेदन पूरा गरी ठेक्का भएर सम्झौता भएपछि आफू प्रमुख प्रशासकीय अधिकृतका रूपमा महाबु आएपछि मात्र जानकारी पाएको उनले बताए ।  अहिले सडक निमार्ण अलपत्र परेको पनि उनले स्वीकार गरे । बजेट पूरै भुक्तानी नदिएको भन्दै उनले एक करोड २० लाख रुपियाँको लागत ‘स्टेमेट’ रहेको सो सडक ३८ लाख रुपियाँमा सम्पन्न गर्छु भन्नु पत्याउने कुरा नभएको उनले उल्लेख गरे ।

  लेखापाल मलिम रावतले आर्थिक वर्ष २०७५÷७६ मा ‘ अनलाइन’ ठेक्का भएका कारण प्रेम निर्माण सेवाले ६८ प्रतिशत घटेर ठेक्का सम्झौता गरेको र हालसम्म २४ लाख रुपियाँभन्दा बढी भुक्तानी हुन बाँकी रहेको बताए । एक वर्षमा सक्ने सम्झौता भए पनि चट्टान भएका कारण निर्माण कम्पनीले काम पूरा गर्न नसकेको उनले जानकारी दिए ।  प्रदेश सरकारको ६० लाख रुपियाँ र गाउँपालिकाको ६० लाख रुपियाँ गरी जम्मा एक करोड २० लाख रुपियाँमा उक्त सडकको ठेक्का भएको थियो तर ६८ प्रतिशत घटेर ठेक्का हालेका कारण सडक पनि नबनेको र बजेट पनि दुरूपयोग भएको स्थानीय बासिन्दाको भनाइ छ । गोरखापत्रमा खबर छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo