काठमाडौं– काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना युवकको शव भेटिएको छ ।
अन्दाजी २० र २५ वर्षका पुरुषको शव भेटिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो । दुवैको मुखबाट फिँज निस्किएको र नजिकै विषादीको बोतल भेटिएको छ ।
एसपी रमेशकुमार बस्नेत नेतृत्वको टोलीले घटनाबारे अध्ययन सुरु गरेको छ ।