डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–१२ सिद्वनाथ मन्दिर नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । से ७ प ८४२१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा स्थानीय झुसे कामीका २० वर्षिय छोरा सन्तोसको मृत्यु भएको हो ।
जोगबुडा–पन्तुरा सडकखण्डअन्तर्गत पर्ने सिद्वनाथ मन्दिर नजिकै मोटरसाइकल दुर्घटना हुँदा सन्तोषको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतकको शव पोष्टर्माटमका लागि जोगबुडा अस्पतालमा राखिएको छ ।