KhabarUjyalo

धनगढीका दर्पण शर्मा ‘कमेडी च्याम्पियन सिजन २’को उत्कृष्ट १५ मा !

६ चैत्र २०७७, शुक्रबार
धनगढीका दर्पण शर्मा ‘कमेडी च्याम्पियन सिजन २’को उत्कृष्ट १५ मा !

धनगढी कैलालीको धनगढी उपमहानगरपालिका – १८ फुलवारी का दर्पण शर्मा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को उत्कृष्ट १५ मा पुगेका छन्  ।

कमेडी च्याम्पियन सिजन ३ मा ६ हजार भन्दा बढी डिजिटल अडिसनमा सहभागीमध्येबाट उत्कृष्ट २४ हुदै दर्पण शर्मा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को उत्कृष्ट १५ मा छानिएका छन् । उत्कृष्ट १० को तयारीमा रहेका छन् ।

१७ बर्षिय दर्पण धनगढीमा रहेको एक्सिस विद्याश्रममा कानुनतर्फ कक्षा १२ मा अध्ययनरत छन् ।
सानैदेखि लेखन र कमेडीमा रुचि भएका दर्पण १६ बर्षको उमेरमा ‘कलिका कला’ कथासंग्रह बजारमा ल्याएका थिए । भने केहिमहिनामा ‘लभ प्याक्ल्टी’ उपन्यास ल्याउने तयारीमा रहेका छन् ।
उनले फिजिकल अडिसनमा बिध्यार्थी जिवनका सरकारी र निजि स्कुलमा गरिने क्रियाकलापको व्यंग्य बारे दिएको प्रस्तुति जजहरुले रुचाएका थिए । भने उनले फिजिकल अडिसनमै सासू फकाउने र्याप पनि प्रस्तुत गरेका थिए ।

यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा जज छन् । विशाल भण्डारीको निर्देशन रहेको यस शोका कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन् ।

कमेडी च्याम्पियन हरेक शुक्रबार र शनिबार कान्तिपूर टिभीमा प्रशारण हुन्छ । त्योसँगै यस शोलाई ‘ओएसआर रियालिटी’ नामक युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo