KhabarUjyalo

कांग्रेस नेता जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने सरकारको घोषणा

६ चैत्र २०७७, शुक्रबार
कांग्रेस नेता जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने सरकारको घोषणा

काठमाडौ – सरकारले नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमन्त्रीसमेत रहेका नेता जोशीको उपचारमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

आज बिहान नेता जोशीको स्वास्थ्यअवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त कुराको जानकारी दिएका हुन् । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

गत फागुन १४ गते मष्तिष्कघात भएपछि जोशीको उपचार नर्भिक इन्टरनेशनल अस्पतालमा जारी छ । चिकित्सकहरुले उनको स्वास्थ्य स्थिर रहेको बताएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo