Khabar Ujyalo

दोगडाकेदार गाउँपालिका वडाध्यक्ष परस्त्रीसँग रंगेहात होटलमा भेटिए

६ चैत्र २०७७, शुक्रबार
दोगडाकेदार गाउँपालिका वडाध्यक्ष परस्त्रीसँग रंगेहात होटलमा भेटिए

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष भरत महरा खोचलेकको एक होटलबाट महिलासँग शंकास्पद रुपमा भेटिएका छन्। महरा र महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दुवैजनालाई बिहीबार राति ३ बजे होटलबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। उनीहरु एउटै कोठामा रहेको भन्ने वडा अध्यक्षकी श्रीमतीले प्रहरीलाई खबर गरेकी हुन्।

शंकास्पद रुपमा भेटिएका दुवैजनालाई सदरमुकाम ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। ‘दुवैजनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘जिल्ला ल्याइँदंछ, थप बुझ्छौं। अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन। पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्ने छ।’

वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित हुन्।  थाहाखवरबाट

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.