२१ मंसिर २०७९, बुधबार

राजु र मरिचमान निर्देशक रहेको ‘जुठे’ पहिलो एपिसोड पहिलो दिनमै युट्युव ट्रेन्डिङ्गको २ मा !

५ चैत्र २०७७, बिहीबार
राजु र मरिचमान निर्देशक रहेको ‘जुठे’ पहिलो एपिसोड पहिलो दिनमै युट्युव ट्रेन्डिङ्गको २ मा !

धनगढी : राजु पौडेल र मरिचमान श्रेष्ठको सिरियल तथा निर्देशक रहेको ‘जुठे’ नयाँ सिरियलको पहिलो एपिसोड पहिलो दिनमै युट्युव ट्रेन्डिङ्गको २ नम्बर पुगेको छ । बुधबारदेखि यो शो हिमालय टीभीमा प्रशारण हुन थालेको हो । प्रशारण भएको पहिलो भागमै दर्शकले यो सिरियललाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

सामाजिक बिषयवस्तुमा निर्माण गरिएको यो शोले दलित मुक्ती आन्दोलनको बिषयमा उत्पीडनको बिषयलाई चित्रण गरेको छ । यो सामाजिक सिरियलमा हिमालय टीभीमा वुधबार बेलुकी ८ बजेबाट प्रशारण हुन थालेको हो ।

यो सिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्ने सिरियलमा रविन भट्टको सम्पादन छ ।

राजु पौडेल र मरिचमान श्रेष्ठको सिरियल तथा निर्देशक रहेको ‘हल्का रमाइलो’ सिरियल पनि दर्शकले अत्यधिक मन पराएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo