९ आश्विन २०७९, आईतवार

मालपोत कार्यालय कञ्चनपुरका एक अधिकृत २४ हजार घुस रकमसहित पक्राउ

५ चैत्र २०७७, बिहीबार
मालपोत कार्यालय कञ्चनपुरका एक अधिकृत २४ हजार घुस रकमसहित पक्राउ

कंचनपुर : मालपोत कार्यालय कञ्चनपुरका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई बिहबिार २४ हजार रुपैयाँनगदसहित पक्राउ गरेको हो । 

सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशीलाई मालपोत कार्यालय नजिकैको होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ । 

अंशबण्डामा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत अधिकृत जोशी अख्तियारको फन्दामा परेका बताइएको छ । गत वर्ष पनि मालपोतकै कर्मचारी डेढ लाख नगदसहित पक्राउ परेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo