KhabarUjyalo

संघीय सांसदहरूको प्लेन टिकट भाडा मात्रै १ करोड ६९ लाख बढिको खर्च !

४ चैत्र २०७७, बुधबार
संघीय सांसदहरूको प्लेन टिकट भाडा मात्रै १ करोड ६९ लाख बढिको खर्च !

काठमाडौ : संघीय सांसदहरूको प्लेन टिकट भाडामा मात्र १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च भएको छ। संसद्को अधिवेशन आह्वान भएका बेला संसद् बैठकमा उपस्थित हुनका लागि आउने तथा अधिवेशन अन्त्य भएपछि गृहजिल्ला फर्किने बेला प्लेन वा गाडी भाडाबापत हालसम्म उक्त रकम खर्च भएको हो। 

संघीय संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको तथ्यांकअनुसार अधिवेशन आह्वान भएपछि प्रत्येक अधिवेशनमा १३ लाख ५५ हजार ९९६ रुपैयाँ टिकटबापत खर्च हुने गरेको छ । सोही रकम अधिवेशन सकिएपछि सांसदहरू घर फर्किने बेला खर्च हुने संसद् सचिवालयले जनाएको छ ।

लोकान्तरलाई प्राप्त भएको तथ्यांकअनुसार प्रतिनिधि सभाका कुल १ सय २६ जना सांसदले प्लेन टिकट वा गाडी भाडाबापत खर्च लिने गरेका छन् । प्रतिनिधि सभामा कुल १ सय २६ सांसदको एक तर्फको भाडाबापत १० लाख २७ हजार १ सय ६६ रूपैयाँ खर्च हुन्छ। आउदा र जाँदा गरेर २० लाख ५४ हजार ३३२ रूपैयाँ खर्च हुने गरेको छ ।

त्यसैगरी राष्ट्रिय सभामा कुल ४१ जना सांसदले प्लेन तथा गाडी भाडा पाइरहेका छन्। अधिवेशनमा सहभागी हुनका लागि आउने बेलामा ३ लाख २८ हजार ८३० रुपैयाँ खर्च हुने गरेको छ। आउदा र जाँदा ६ लाख ५७ हजार ६६० रूपैयाँ खर्च हुने गरेको छ। 

हालसम्म संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूलाई  अधिवेशन आतेजाते खर्चका लागि प्रतिनिधि सभातर्फ छैठौं अधिवेशन सम्पात भई फर्कंदासम्मको खर्च भुक्तानी गरिएको छ । जसमा कुल १ करोड ६९ लाख २९ हजार ६१२ रूपैयाँ खर्च भएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद्का सूचना अधिकारी तथा सहायक प्रवक्ता समेत रहेका दशरथ धमलाका अनुसार प्रतिनिधि सभा पुन:स्थापना भएपछि माघ २३ गते शुरू भएको अधिवेशनमा सांसदहरू आउँदा भएको खर्च भुक्तानी हुन बाँकी छ ।

‘उक्त अधिवेशनमा सहभागी भएका सांसदहरूलाई भाडाबापतको रकमको माग दाबी आइरहेको छ, केही दिनभित्रै उक्त रकम पनि भुक्तानी गर्ने तयारी गरिएको छ,’ धमलाले लोकान्तरसँग भने, ‘हामीले ऐन अनुसार नै सांसदज्यूलाई अधिवेशन डाकिएको शुरूको बैठक तथा अधिवेशन सकिएर घर फर्किने बेलाको आतेजाते भाडा दिने गरेका छौं।’​ लोकान्तरबाट

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo