काठमाडाैं, ४ चैत । एमालेका झलनाथ माधव-माधव नेपाल पक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पूर्वनिर्धारित राष्ट्रिय भेला तोकिएको स्थान र समयमा हुने बताउनु भएकाे छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहले खनाल–माधवकाे भेलमा सहभागी हुनेलाई कारबाही गर्ने चेतवनी दिएपछि भट्टराईले ओली समूहलाई ‘छुलिया ग्यांङ’ को संज्ञा दिँदै भ्रममा नपर्न अपील गर्नुभएकाे हाे ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ-‘छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ ।’
माधव-माधव समूहले आज (बुधबार) र भाेलि (बिहीबार) राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ । ओली समूहले भने माधव-झलनाथ पक्षले बोलाएको राष्ट्रिय भेलामा आफ्ना नेता/कार्यकर्ताहरूलाई सहभागी नहुन निर्देशन दिएकाे छ ।