नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र निङ्देनलाई २४० बर्ष राजतन्त्रले के गर्यो त ? भनेर प्रतिप्रश्न गरेका छन् ।
काठमाडौंमा आयोजित नेकपा(एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘भत्किएको फालिएको जनताले उखेलेर फालिएको राजतन्त्रको एक हिमाहिती यस्ती कराइउदै सुनेको थिए, पार्टीले यति बर्ष के गर्यो भन्दै सुनेको थिए, २४० बर्ष राजतन्त्र त के गर्यो’ भन्दै लिङ्देनलाई प्रती प्रश्न गरेका हुन् ।
राजेन्द्र लिङ्देनले देउवा,केपी ओली,र प्रचण्डलाई कति वर्ष र कति कार्यकाल दिँदा यो देश बन्छ होला भनेर प्रश्न गरेका थिए ।

